२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीमा प्रो–लाइसेन्स प्राप्त नयाँ प्रशिक्षक नियुक्त गरिने



file photo
अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाउने भएको छ ।

एन्फाको कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो । हाल प्रशिक्षक रहेका भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय भएसँगै एन्फाले नयाँ प्रशिक्षक नियुक्त प्रकिया अघि बढाउने भएको हो ।

नेपालले आगामी मार्चमा मात्र आधिकारिक प्रतियोगिताका खेल खेल्ने कार्यक्रम छ । २०२५ को मार्चमा नेपालले एसियन कप छनोटका खेल खेल्दैछ । जसअनुसार मार्चअघि नेपालले नयाँ प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गरिसक्नु पर्नेछ ।