२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बैठक- ०८४को निर्वाचनमा रुखमा नै भोट हाल्ने वातावरण बनाउने ,हिन्दू राष्ट्रको मुद्धाले औपचारिक प्रवेश पाएन-निर्णय सहित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने सहित अन्य केही निर्णय गर्दे सकिएको छ ।

पार्टी मुख्यालय बीपीनगर सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं। ’

२०८० फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको महासमिति बैठकले निर्णय गरेका प्रस्तावलाई केन्द्रीय कार्यसमितिले छलफल गरी पारित गर्ने निर्णय गरेसँगै आइतबारको बैठकमा सर्वसम्मत पारित गरिएको हो ।

बैठकमा हस्ताक्षर संकलन गरिएको हिन्दु राज्य पुनर्स्थापनासम्बन्धी विषय केन्द्रीय समिति बैठकको निर्णयमा लेखिनुपर्ने भन्दै केही सदस्यले कुरा उठाएपनि सुनुवाई भएन । केन्द्रीय सदस्य शंकर भण्डारी ,देवेन्द्रराज कँडेल‚ लगायत सो एजेण्डा लेख्नु पर्ने माग गर्नुभएको थियो । तर सबिधानको प्रस्तावनामा उल्लेख भएका बिषयहरु दाँया बाँया नहुने बैठकले तय गरेको छ । बैठकले महाधिबेशन बिधानले तोकेको समयमा नै गर्ने निर्णय गरेको छ ।

महामन्त्री गगनकुमार थापाले सर्वसम्मत पारित निर्णयहरु जानकारी गराउनु भएको थियो । बैठकले गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति संविधान संशोधन र सुशासनसहित पालना गर्न पार्टी प्रतिबद्ध रहेको निर्णय गरिएको छ ।

संविधानको स्वामित्व र यसको रक्षाको मूल दायित्व नेपाली कांग्रेसको हो भन्ने कुरालाई हृदयंगम गर्दै संविधानको वास्तविक मर्म बमोजिम परिमार्जन गर्न कांग्रेसले वृहत छलफल गर्ने र अग्रसरता लिने भएको छ । त्यस्तै कुनै भ्रममा नपर्न पनि सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।

त्यस्तै बैठकले विधानसँग सम्बन्धित विषय र विधान संशोधन गर्ने विषयलाई विधान संशोधन मस्यौदा तयार गर्न समिति गठन गर्ने र समिति सदस्यहरु आवश्यताअनुसार चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

नेपाली जनसम्पर्क समिति सम्बन्धमा अधिवेशन प्रक्रिया सहज बनाउनका लागि विधानको धारा १४ को उपधारा ३ बमोजिम चयन गर्ने व्यवस्था गरी उपधारा ४, ५ र ६ निलम्बन गर्ने पदावधि ३ वर्षभित्र गर्ने लगायतका निर्णय भएको छ ।

त्यस्तै सदस्यता वितरण बारेमा पनि निर्णय भएको छ । साथै राज्यका विभिन्न तहको जिम्मेवारीमा रहने राजनीतिक पदाधिकारीको पदावधि सम्बन्धमा पार्टीगत मात्र नभएर संवैधानिकसमेत रहेको तथ्य दृष्टिगत गरी संविधान संशोधनको समयमा पार्टीले आवश्यक छलफल गरी निर्णय गर्ने भएको छ ।