२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्दो जन्मदरलाई सम्बोधन गर्न सरकारको प्रयासबारे स्थानीय नेताहरू सशंकित



अ+ अ-

एजेन्सी । घट्दो जन्मदर सुधार गर्ने देशको क्षमताको बारेमा स्थानीय नेताहरुले शंका व्यक्त गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूद्वारा गरिएको हालैको सर्वेक्षणले देखाएको यस्तो देखाएको हो ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोद्वारा गरिएको सर्वेक्षण अनुसार बाल भत्ता र अभिभावकीय बिदाको विस्तार लगायतका चुनौतीलाई सम्बोधन गर्न सरकारले महत्वपूर्ण उपायहरू अपनाए पनि ७९ प्रतिशत उत्तरदाताहरूले यी प्रयासहरूले अर्थपूर्ण सुधार ल्याउनेमा शंका व्यक्त गरेका छन् ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, कुल प्रजनन दर, जसले एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत संख्या अनुमान गर्दछ । २०२३ मा १.२० को रेकर्ड न्युन छ । तर यो दर कायम राख्न २.०७ मा बढ्नुपर्छ । सरकारले सन् २०३० सम्मको अवधिलाई घट्ने प्रवृत्तिलाई उल्टाउने ‘अन्तिम मौका’ का रुपमा लिएको छ ।