२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टिमकी कप्तानले मधेश युनाइटेडबाट एभरेष्ट भलिबल लिग खेल्ने



अ+ अ-

काठमाडौँ । भारतीय राष्ट्रिय भलिबल टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीले एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) खेल्ने भएकी छन् ।

मधेश युनाइटेडले आगामी असोजमा हुने ईडब्लुभिएलका लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतीय टोलीकी कप्तान साजीलाई अनुबन्ध गरेको हो ।

योसँगै मधेश युनाइटेडले ईडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । साथै, मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।

मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो ।

प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा कभर्डहलमा हुनेछ ।