२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकमा लैङ्गिक समानता भएन: सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक ९दोस्रो संशोधन०, २०८० संशोधन प्रश्ताव पेश गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमा परिवारका सदस्य भनेर गरेको परिभाषामा लैङ्गिक समानता नभएको बताउनु भयो । उहाँले विधेयकमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक,सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ मानिने शेयर धनी,प्रमुख कार्यकारी अधिकृत,कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी,छोरा छोरी धर्मपुत्र,धर्मपुत्री,बाबु आमा सौतिनी आमा मात्रै राखिएको भन्दै त्यसमा सौतेलो बाबु पनि थप्नुपर्ने बताउनु भयो । उहाँले मुल ऐनको दफा ९ मा बैंकिङ स्रोत साधन र सम्पतीको दुरुपयोग गर्न नहुने व्यवस्था रहेको बताउनु भयो ।

उहाँले विधेयकमा कुनैपनि महिलाले दोस्रो विवाह गर्न सक्छिन् भन्ने परिकल्पना नगरेको बताउनु भयो । उहाँले सरकारले कानूनहरु बनाउँदै गर्दा ऐन लैङ्गिक रुपले तटस्थ रहनुपर्नेमा जोड दिनुभयो । उहाँले विधेयकमा कुनैपनि संस्थाको सर्वोच्च पदमा पुरुष मात्रै हुनसक्ने र पुरुषको मात्रै दोस्रो श्रीमती हुनसक्ने किसिमको परिकल्पना गर्नु लैङ्गिक विभेद भएको बताउनु भयो । उहाँले सहकारीसँग सम्बन्धि समस्याहरु धेरै आएकाले सहकारी पीडितले भुक्तानी पाउने सुनिश्चिता र बैंकलाई पारदर्शी बनाउने गरी ऐन ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विधेयकमा परिवारका सदस्य भनेको डिफाइन गरेको छ । जसमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक,सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ्य मानिने शेयर धनी,प्रमुख कार्यकारी अधिकृत,कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी,छोरा छोरी धर्मपुत्र,धर्मपुत्री,बाबु आमा सौतिनी आमा भनिएर लेखिएकोमा मैले सौतेलो बाबु पनि थप्नुपर्छ । मुल ऐनको दफा ९ मा बैकिङ स्रोत साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने व्यवस्था छ । त्यसअन्तरर्गत परिवारको सदस्यले पनि दुरुपयोग गर्न पाउँदैन । सजाय व्यवस्था गर्दा ऐनले कुनै पनि महिलाले दोस्रो विवाह गर्न सक्छिन भन्ने परिकल्पना नगरेको देखिएको छ । सौतेलो बाबु पनि थप्नुपर्छ । सरकारले कानूनहरु बनाउँदै गर्दा ऐन लैंगिंक रुपले तटस्थ रहनुपर्छ । लैंगिक समानता आवश्यक छ । विधेयकमा कुनैपनि संस्थाको सर्वोच्च पदमा पुरुष मात्रै हुनसक्ने र पुरुषको मात्रै दोस्रो श्रीमती हुनसक्ने किसिमको परिकल्पना गरेको छ । विधेयकमा पनि लैंगिक विभेद देखियो । बैंकको वियर,खातावाला र बैंक तीन वटै एन्टटिटीलाई काम कर्तव्य अधिकार प्रति उत्तरदायी बनाउनुपर्ने आवश्यकता भएको छ । सहकारीसँग सम्बन्धि समस्याहरु आएकाले भुक्तानी पाउने सुनिश्चिता र बैंकलाई पारदर्शी बनाउनु पर्छ ।’

नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले चेक अनादरको मुद्दामा मिलान गर्ने समय पनि एक वर्ष राख्नुपर्ने बताउनु भयो । उहाँले चेक वालाले आधा रकम तत्काल दिने र बाँकी रकम एक वर्षमा दिने विश्वास दिलाउँदा समन्वयन गर्ने खुकुलो नीति लिनुपर्ने बताउनु भयो । उहाँले सहकारी ठगीबाट भुक्तानी दिनुपर्ने धेरै मानिसहरु विदेश पलायन हुने अवस्था सिर्जना भएको बताउनु भयो ।

उहाँले विधेयकमा विद्युतीय चेकलाई पनि विधेयकले समावेश गराउनुपर्ने बताउनु भयो । उहाँले चेक अनादर भएको मितिले तीन महिनाभित्र अदालत वा प्रहरी एउटा निकायमा मुद्दा गर्दा गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।




भर्खरै