२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी व्यवस्थापनमा वाग्मती प्रदेश



अ+ अ-

वाग्मती । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण  स्वीकृत गरिसकेको छ । 

सोअन्तर्गत प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुका लागि तीन हजार ७६६ स्थायी दरबन्दी र २८३ अस्थायी दरबन्दी कायम हुने गरी कर्मचारी व्यवस्थापनको काम अघि बढाइएको हो । प्रदेश सरकारले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम प्रदेश सेवाको कानून बनेपछि सोहीअनुसार सेवाका शर्तहरु कायम हुने गरी स्वीकृत दरबन्दीमा रिक्त पदहरु पदापूर्ति गर्न प्रदेश लोकसेवा आयोगसँग माग गरेको छ । 
 
अब वाग्मती प्रदेशअन्तर्गतका सबै मन्त्रालय, निकाय र कार्यालयहरुले आआफ्नो कार्यालयमा रिक्त कर्मचारी तथ्याङ्क पहिचान गरी प्रदेश लोकसेवा आयोगलाई परिपत्र गरेपछि आयोगले थप कर्मचारी व्यवस्थापनको काम अघि बढाउने छ । 

हाल वाग्मती प्रदेशमा आवश्यकताअनुसार कर्मचारी नहुनु, स्पष्ट कानून नहुनु, बजेट खर्च प्रणाली व्यवस्थित नहुनु लगायतका कारण कार्य सम्पादनमा समस्या हुँदै आएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा बिकेले जानकारी दिनुभयो । प्रदेश सरकारले सबै सरकारी निकायमा रिक्त कर्मचारी व्यवस्थापनको काम पूरा गरेपछि प्रदेश  सरकारको कार्य सम्पादनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।