२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढ्यो : भुसाल



अ+ अ-

चितवन । नेकपाका स्थायी कमिटी सदस्य तथा कृषि मन्त्री घनश्याम भुसालले पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

शनिबार बिहान भरतपुरमा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भुसालले पार्टीले पाएको ऐतिहासिक अवसर बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको बताएका हुन् । 

भुसालले देशकै ठूलो पार्टी बन्दा पनि जनअपेक्षा अनुसारको काम हुन नसकेको र पाएको ऐतिहासिक अवसर पनि गुम्ने बताएका छन् । उनले पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढेकाले पार्टीको भाविष्यमा भन्दा आफ्ने साथीहरुको खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको बताए।