२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा—कलंकी सडकखण्डका मुख्य सडकमा सिसी क्यामरा जडान



अ+ अ-

काठमाडौं । नागढुंगा—कलंकी सडकखण्ड अन्तरगत जडान गरिएका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।  

चन्द्रागिरी नगरपालिका को आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सिसि क्यामरा जडान भएका छन् । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सिसी क्यामरा जडान गरिएको हो ।

राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ । सिसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सिसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतिक भएको बताउनुभयो । नगरपालिकाले छाटो समयमा सिसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगरपालिकाले एक करोडको लागतमा सिसी क्यामरा जडान गरेको हो । नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताउनुभयो ।




भर्खरै