२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, कस्ता सतर्कता अपनाउने ?



अ+ अ-

काठमाडौं । स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो ।

उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ । “यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम छ”, उहाँले भन्नुभयो, “लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछन र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ ।” जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन ।

डा गौतमका अनुसार सन् २०२४ को जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । उहाँका कैलाली, चितवन, सर्लाही र सुनसरी जिल्लामा रोग सङ्क्रमणबाट छ जनाको मृत्यु भइसकेको छ । सामान्यतया: लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।

सरकारले सन् २०१६ बाट १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिने गरे पनि पछिल्लो समय सबै बालबालिकालाई उक्त खोप दिन सुरु गरिएको हो ।

शाखा प्रमुख डा गौतमले १२ महिनामा खोप लगाउन छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने बताउनुभयो । जापानिज इन्सेफ्लाटिस धेरै जसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छन् ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।  रासस