२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्नड फिल्मको सुटिङका ​​क्रममा दुर्घटना, ३० फिटको उचाइबाट खसेर मृत्यु



योगराज र मृतक मोहन कुमार
अ+ अ-

एजेन्सी । कन्नड फिल्म ‘मनदा कडालु’ को सेटमा ३० फिट उचाइबाट खसेर एकजनाको मृत्यु भएको छ ।

यो दुर्घटना सेप्टेम्बरमा भएको थियो । बिहीबार सेप्टेम्बर ५ मा उक्त दुर्घटनामा परेका लाइट ब्वाई मोहन कुमारको अस्पतालमा मृत्यु भएको छ ।

रिपोर्टका अनुसार उनी सेटमा ३० फिट अग्लो सिँढी चढ्दै थिए जहाँबाट उनले सन्तुलन गुमाए र तल खसे । मोहनसँगको यो घटना मदननायकनहल्लीको केभिआरएल एरिनामा भएको हो जहाँ सुटिङ भइरहेको थियो ।

सेटमा दुर्घटना भएपछि मोहनलाई गोरागुन्टे पल्याङ अस्पताल लगिए पनि गम्भिर चोटका कारण उनको मृत्यु भएको हो ।

प्रहरीले सुटिङमा सुरक्षा व्यवस्थामा लापरवाही गरेको भन्दै फिल्म निर्देशक योगराज भट्ट र म्यानेजर सुरेशसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मोहन ३० वर्षका थिए र उनका भाइ पनि फिल्ममा लाइटब्वाईको रूपमा काम गर्छन् । योगराज भट्टले निर्देशन गरेको ‘मनदा कड्लु’ को सेटमा मोहनसँग भएको दुर्घटना हो । योगराज कन्नड फिल्म उद्योगका एक प्रसिद्ध निर्देशक, गीतकार र निर्माता हुन् ।

उनले २००६ मा मुंगारु माले फिल्म बनाए जुन कन्नड फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । यो मल्टिप्लेक्समा सबैभन्दा लामो समयसम्म चल्ने फिल्महरू मध्ये एक हो । यस बाहेक योगराजले धेरै कन्नड फिल्महरू निर्देशन गरेका छन् ।