२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् । क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गर्ने स्थानमा पुर्याइएको थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ग्लोबल फण्डको रकम सहप्रापक संस्थाले गरेको काम सराहनीय रहेको बताउनुभयो । “सुदूरपश्चिम क्षेत्रमा एक वर्षको अवधिमै ४३१ नयाँ बिरामी पत्ता लाग्नु प्रभावकारी कार्य हो”, उहाँले भन्नुभयो, “यसले लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन् । क्षयरोगको उपचार सेवा लिन सकेका छन् । यसले समयमै उपचार प्राप्त गरी निको हुन्छन् । अन्य क्षेत्रमा क्षयरोगको सङ्क्रमणसमेत हुन पाउँदैन ।” आगामी दिनमा समेत लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उहाँको भनाइ छ ।