२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता छानबिन आयोगको टोली जुम्लामा



अ+ अ-

कर्णाली । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली जुम्लामा पुगेको छ । आयोगका सदस्य डा गङ्गाधर अधिकारी नेतृत्वमा बिहीबार जुम्ला पुगेर टोलीले यहाँका पत्रकारसँग भेटघाट गरेको छ । भेटघाटमा सदस्य डा अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको पहिचान र छुटेका व्यक्तिको उजुरी लिने उद्देश्यले यो समयमा कर्णालीमा पुगेको बताउनुभयो ।

“आयोगको कार्यक्षेत्र भनेकै छानबिन तथा अनुसन्धान हो”, उहाँले भन्नुभयो, “यसको मूल लक्ष्य तथा उद्देश्य भविष्यमा द्वन्द्व दोहोरिन नदिने हो ।” मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उहाँले कर्णालीमा ४०४ उजुरी परेको जनाउनुभयो । उहाँका अनुसार साविकको कर्णालीको कालिकोटमा ४५, जुम्लामा २०, मुगुमा २५, डोल्पामा छ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको छ ।

कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा अधिकारीले कर्णालीलाई प्राथमिकतामा राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरूको छानबिन, अनुसन्धान र पहिचानका काम अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।