२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजीएफ स्टार यशले डिसेम्बरबाट ‘रामायण’को सुटिङ थाल्ने



अ+ अ-

एजेन्सी । केजीएफ स्टार यश नितेश तिवारीको आगामी फिल्म ‘रामायण’ मा रावणको भूमिकामा देखिनेछन् ।

मिडिया रिपोर्टका अनुसार उनले डिसेम्बर २०२४ देखि फिल्मको सुटिङ सुरु गर्नेछन् । यशले फिल्मका लागि धेरै लुक टेस्ट पनि गरेका छन् ।

आगामी फिल्म ‘टक्सिक’ को छायांकनको केही भाग सकिएपछि यश अहिले फिल्म ‘रामायण’ को छायांकन सुरु गर्ने तयारीमा जुटेका छन् । यशले सन् २०२५ को पहिलो तीन महिना फिल्मको छायांकनमा भाग लिनेछन् ।

रणवीर कपुर र सनी देओलले जस्तै उनले पनि नीतीश तिवारीलाई आफ्नो बल्क डेट दिएका छन् ताकि सुटिङमा कुनै बाधा नआओस् ।

नितेश तिवारीले सन् २०२५ को मध्यमा रणवीर कपूर र सनी देओलसँग यशको दृश्यहरू फिल्म गर्नेछन् । सन् २०२५ को मार्चमा सनी देओलले आफ्नो पात्र हनुमानको सुटिङ सुरु गर्नेछन् ।