२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा विप्रेषण आप्रवाह १२.६ प्रतिशत बढ्याेः राष्ट्र बैंक



अ+ अ-

काठमाडाैंः वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७९ प्रतिशत रहेको जनाएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनाको आर्थिक तथा वित्तीय विवरणको स्थिति सार्वजनिक गर्दै यस अवधिमा आयात १२.७ प्रतिशतले घटेको तथा  निर्यात १४.३ प्रतिशतले बढेको जनाएको छ ।

यस बीचमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले (रु.२ खर्ब ५८ अर्ब ८६ करोड) र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढेको (२ अर्ब १८ करोड अमेरिकी डलर) छ । त्यस्तै शोधनान्तर स्थिति रु.१ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको तथा कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।

बैंकले संघीय सरकारको खर्च रु.१ खर्ब ७६ अर्ब ९९ करोड र राजस्व परिचालन रु.१ खर्ब ७२ अर्ब ३६ करोड रहेको जनाउँदै विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको बताएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ४.२ प्रतिशतले बढेको तथा वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.९ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर १२.४ प्रतिशत रहेको बैंकको प्रतिबेदनमा उल्लेख छ ।