२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली निकट विद्यार्थीहरुको भेला, नेपाल पक्षले पनि कार्यकर्ता भेला गर्दै



अ+ अ-

काठमाडौ ।  सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शिर्ष तहमा अन्तरकलह चर्किदै जाँदा त्यसको प्रभाव पूर्णरुपमा एकिकृत हुन नसकेको पार्टीका तल्ला तहसम्म पुगेको छ । मंसीर ३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली माथी विभिन्न प्रश्न उठाउँदै सचिवालयको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदन समेत समेटेर पार्टीका तल्लातहसम्म वितरण गरिएको छ । प्रतिवेदनमा सचिवालयको बैठक बोलाउन पेश गरिएको निवेदन, अध्यक्ष ओलीले दाहाललाई पठाएको पत्र , पत्रमा लगाईएको तोकको व्यहोरा  र अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको १९ पानाको प्रतिवेदन समेटिएको छ ।

तल्लो तहमा प्रतिवेदन पुगेपछि उता अध्यक्ष ओली पक्षले बुधबार काठमाडौंको एक होटलमा आफूनिकट विद्यार्थीहरुको भेला आयोजना गरेको छ ।  जहाँ ओली निकट नेताहरुले पछिल्लो अवस्था र पार्टी भित्रैबाट सृजना गरिएको असहयोगका बारेमा जानकारी गराउँदै केही निर्देशनहरु दिने बुझिएको छ ।

यसअघि पनि अध्यक्ष ओली निकट नेताहरुले विभिन्न जनबर्गिय संगठनहरुको माध्यामबाट आफु निकट नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै आईरहेका छन् । उता माधव नेपाल समुहले पनि आफु निकट नेता तथा कार्यकर्ताहरु भेलालाई तिव्रता दिएको छ । चितवनमा हो– हल्ला बिच कार्यक्रम गरेर फर्किनु भएका नेता सुरेन्द्र पाण्डेले  २ दिन पछि पोखरामा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्नुभयो ।

नेपाल समुहले आउँदो शुक्रबार, शनिबार र आइतबार ललितपुरका स्थानीय तहको भेला आयोजना गर्न लागेको  छ । मंगलबार पनि अध्यक्ष दाहालको निवास खुमलटार र बरिष्ठ नेता नेपालको निवास कोटेश्वर विभिन्न छलफल भएका थिए । मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले अध्यक्ष दहालसँग छलफल गर्नुभएको थियो । मंगलबार नै बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ बिच छलफल भएको थियो ।

उता बालुवाटारमा अध्यक्ष दाहाललको पत्रको लिखित जवाफ तयार गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लागिरहनु भएको स्रोतले जनाएको छ ।  नेकपा सचिवालयको बैठक मंसिर १३ गते बस्दैछ । अध्यक्ष ओलीले दाहालले उठाएको सबै प्रश्नको तथ्थ सहित प्रतिबाद गर्ने बताउँदै आउनु भएको छ ।