२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभ्यास खेलमा नेपाल विजयी



file
अ+ अ-

काठमाडौँ । विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जित हासिल गरेको छ ।

टोरोन्टोमा स्थानीय टोलीसँगको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

२ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडे।

नेपालका लागि ललितनारायण राजवंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै करण केसी र कुशल मल्लले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडे ।

कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१ गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जगुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २ तथा जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माले समान १ विकेट लिए ।

विश्वकप लिग–२ को आफ्नो दोस्रो श्रृंखलामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुने छ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा नेपालले ६ असोजमा क्यानडाको सामना गर्दा ८ असोजमा ओमानसँग खेल्ने छ ।

सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा हुने छ । ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टी–२० सिरिज खेल्ने कार्यतालिका रहेको छ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।