२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका नन्दिता केसी आमा बन्दै



अ+ अ-

काठमाडौं । नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।

नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छिन्- ‘सन्तानालाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं ।’

इन्स्टाग्राम मार्फत श्रीमानसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले आफू आमा बन्न लागेको जनाएकी हुन् ।

उनले लेखेकी छिन्- ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं,‘भगवानको आशीर्वाद र मातापिताको साथमा आफन्तजन र सम्पूर्ण शुभचिन्तकको आशीर्वादलाई शिरोपण गर्दैछौं ।’फोटोमा नन्दिताले ‘सुन टु वि ममी’ र उनका श्रीमानले लगाएको टिसर्टमा ‘सुन टु वि ड्याडी’ लेखिएको छ ।

गत वर्ष फागुन १९ गते उनले अरविन्द्र कटुवाल सँग विवाह गरेकी थिइन् । उनीहरू लामो समयदेखि अमेरिका बस्दै आएका छन् ।