२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा सम्मानित भइन् पलेशा, प्रदेश सरकारले मासिक भत्ता दिने



अ+ अ-

काठमाडौँ । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित भएकी छन् ।

आइतबार पोखरामा एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारले उनलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरे । गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरे । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका नौ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ ।

यस्तै, सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार एक सय ५५ रुपियाँसहित सम्मान गरे ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।




भर्खरै