३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय



file photo
अ+ अ-

काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको सफाइविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दाको फैसलाको पूर्णपाठसँगै फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । उक्त फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

गौशाला २६ ले भने सन्दिपविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदन दिएकी थिइन् ।

अब सन्दिपले सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। हाल उनी आईसीसी लिग-२ खेल्न क्यानडामा छन् ।