३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने



अ+ अ-

काठमाडौँ । नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वल्र्ड कप बिच कबड्डी च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने भएको छ ।

आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वल्र्ड कप बिच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रश्तुत गर्ने भएको हो । अखिल नेपाल कबड्डी संघले आईतवार एक कार्यक्रम आयोजना गर्दै वल्र्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले बिदाई गनुभयो ।

सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताउनु भयो । साथै उहाँले अली लामो तयारी, मिहिनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याउनु भयो ।

यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन् । भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो । तर अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिवन्ध लगाएपछि इरानमा भारतको चुनौती नहुने भएको हो । यसै प्रतियोगिता लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो । यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भैसकेको छ ।

विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन् । टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिनुभयो ।