२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक



अ+ अ-

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रशासन कार्यालयबाट बिक्री तथा प्रयोग गर्ने अनुमति लिएर मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को दफा ४ (ख) बमोजिम बिक्री वितरणका लागि प्रशासनबाट अनुमति लिएर मात्रै काम गर्न अनुरोध गर्नुभएको छ ।

“ऐनको दफा ११ (४) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, कार्यशाला, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले प्रयोग अनुमति लिई मात्र प्रयोग गर्नुपर्ने व्यवस्थाबमोजिम यस कार्यालयबाट बिक्रीरप्रयोग अनुमति लिई कारोबार गर्नु/गराउनु हुन अनुरोध गरिन्छ,” जारी सूचनामा भनिएको छ, “ऐनको बर्खिलाप हुने गरी बिना अनुमति बिक्री वितरण गरेमा, प्रयोग गरेमा, प्रयोग अनुमतिको म्याद नाघेका फर्म, कम्पनी, व्यक्तिलाई कानुनबमोजिम कारवाही गरिनेछ ।”