२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतीय एक्सन निर्देशक स्टन्डर सामले सुरु गरे ‘बलिदान’को एक्सन दृश्यको छायाङ्कन



अ+ अ-

इटहरी। नेपाली चलचित्र ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गरिसकेका छन् ।

यो चलचित्रको छायाङ्कन केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरी लगायतका स्थानहरूमा भइरहेको छ । चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार, अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायाङ्कन भइरहेका छन् । समीर भट्ट लगायतका कलाकारहरूका दृश्यहरू अहिले छायाङ्कन भइरहेको छ । मुख्य भूमिकामा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय, र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित छ । निर्देशक सेनका अनुसार, ुबलिदानुलाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू आयात गरिएको छ । सेनले भने, “कथामा नेपाली चलचित्रले धेरै प्रगति गरिसकेको छ । अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन सक्ने चलचित्र बनाउन हामी विशेष ध्यान दिएका छौँ ।”

‘आसुसेन फिल्म्स प्रा।ली।’ र सन्तोष सेनको प्रस्तुति रहने यो चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह(निर्माताको भूमिकामा रहेका छन् ।




भर्खरै