२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका १० जनाको उद्धार



अ+ अ-

बरहथवा, (सर्लाही) । सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको बाढीमा सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलाको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो ।

सबै जनालाई उद्धार गरी उनीहरुको घरमा पुर्याइएको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । खेतीपाती गर्न तथा खोलामा माछा मार्न गएका उनीहरू एकादशी खोलामा पानीको सतह बढेपछि थुनिएका थिए । बसवरिया–२ की ४८ वर्षीया पटिया देवी, २२ वर्षीया कमरिया देवी, ४५ वर्षीया अकिरा देवी, तीन वर्षीय शिवु सहनी, चार वर्षीय शिवम् कुमार, ५४ वर्षीया धनसी सहनी, ५० वर्षीय हरि मुखिया, ५० वर्षीय विलाश सहनी, ५५ वर्षीय नबल सहनी र ५० वर्षीया दुखियादेवी सहनी रहेका प्रहरीले जनाएको छ ।

बाढीसँगै खोलामा माछा मार्न गएका उनीहरू एकातर्फबाट बागमती र अकोतर्फबाट एकादशी खोलाको बाढीले बीच भागमा थुनिएका सशस्त्र प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो । रासस