३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रीमियर लिगमा आज चार खेल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रीमियर लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् ।

म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ भने नटिङहम फरेस्ट र न्युक्यासल युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । एकै समयमा टोटेनहम र इप्सविच टाउनबीच पनि खेल हुँदैछ । यी सबै खेलहरु नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

आजको विशेष खेल लण्डन डर्बी अर्थात् लण्डनका दुई क्लब चेल्सी र आर्सनलबीच हुँदैछ । खेल नेपाली समयानुसार राति सवा १० बजे सुरु हुनेछ । अंकतालिकामा पाँचौं र छैटौं स्थानमा रहेका यी दुई क्लब आजको खेल जित्दै तेस्रो स्थानमा उक्लन चाहन्छ ।

पछिल्ला तीन खेलमा जित निकाल्न नसकेको आर्सनल आजको खेल जित्दै कमब्याक गर्ने दाउमा छ । तर, घरेलु समर्थककाबीच चेल्सीलाई हराउन उसका लागि सहज भने पक्कै हुनेछैन ।