२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई हराउँदै नेपाल यु–१९ महिला टि–२० विश्वकपमा छनोट



अ+ अ-

काठमाडौँ । नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा ग¥यो ।

नेपालका लागि साना प्रवीणले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको मद्दतले २१ रन बनाइन् । त्यस्तै, सोनी पाख्रीनले १३ तथा सावित्री धामीले १२ रनको योगदान दिइन् ।

नेपालले अतिरिक्त ५ रन प्राप्त ग¥यो । युएईका लागि मेहक ठाकुरले दुई विकेट लिइन् । त्यसअघि, घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

युएईका लागि समाइरा धरनिधर्कले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा एक चौकाको मद्दतले ३१ रन बनाएकी हुन् । यस्तै, रिनिता राजितले १८ बलमा दुई चौकाको मद्दतले २० रन बनाइन् । युएईका लागि लावन्या केनी र इन्धुजा नन्दकुमारले समान दश÷दश रनको योगदान दिए ।

त्यस्तै, आयुषी महेशले तीन र अवनी सुनिल पाटिलले एक रन बनाए । युएईका एमिली थोमस, मेहक ठाकुर, अल मसीरा जहाँगीर, इशिता राजित र नेहा कुमारीले एक रन पनि जोड्न सकेनन् । युएईले अतिरिक्त ८ रन प्राप्त ग¥यो ।

नेपालका लागि कृश्मा गुरुङले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रिया शर्मा र सीमा केसीले समान दुई/दुई विकेट लिए भने रचनाकुमारी चौधरीले एक विकेट लिइन् ।

यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालले यसअघि पाँचमध्ये चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

तेस्रो खेलमा नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आजको जितसँगै नेपालले सन् २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला टी २० विश्वकपका लागि छनोट भएको छ ।




भर्खरै