२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दाको छातीमा दुखाई, अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । केही दिनयता खुट्टामा गोली लागेको कारण चर्चामा रहेका बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएको छ ।

हालै गोविन्दा शिव सेना शिन्दे गुटका उम्मेदवारको प्रचारप्रसारका लागि रोड शोमा सहभागी भएका थिए, तर त्यही क्रममा उनको छातीमा दुखाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

हालैको टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार गोविन्दा शिव सेना (शिन्दे गुट)का उम्मेदवारहरूको समर्थनमा पचोरामा रोड शोमा सहभागी थिए । र्‍याली जलगाउँ पुगेको थियो जब उनको छातीमा गहिरो दुखाइ भयो । स्वास्थ्य बिग्रिएपछि गोविन्दा र्‍याली बिचमै छाडेर अस्पताल पुगेका थिए ।

हाल उनको स्वास्थ्यको बारेमा कुनै जानकारी आएको छैन । केही रिपोर्टले गोविन्दा राति अबेर घर पुगेको दाबी गरेको छ । गोविन्दा आफैं कांग्रेसका पूर्व लोकसभा सांसद भइसकेका छन् ।

अक्टुबर १ मा बिहान गोविन्दाको खुट्टामा गोली लागेको थियो । गोविन्दा घरमा एक्लै थिए र एक कार्यक्रमको लागि कोलकाता जानुपरेको थियो । यसैबीच घरमा राखेको रिभल्भर सफा गर्ने क्रममा दुर्घटना भएको हो ।

गोविन्दाले बन्दुक सफा गरेर अलमारीमा राखेपछि बन्दुक खस्यो र मिस फायरिङका कारण गोली उनको खुट्टामा लाग्यो । उनलाई मुम्बईको क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो । उनी ३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

 




भर्खरै