२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित



अ+ अ-

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ ।

यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् ।

चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’मा मुकुनले गरेको अभिनयको अहिले सर्वत्र चर्चा छ ।

निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘अगस्त्य: च्याप्टर-१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।

निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाईपहिलोपटक एक्सन अवतारमा भूमिकामा देख्न पाइनेछ । विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् ।

मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज गर्ने टार्गेट राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए । यो चलचिको छायांकन दाङ र रुकुममा गरिनेछ ।

यो चलचित्रको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ । चलचित्रको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी रहनेछ । चलचित्रमा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकारहरू छनोटको चरणमा छ ।