२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले विदेशमा राखेको भनिएको सम्पत्तिको यथार्थता सार्वजनिक गर्न राप्रपाका प्रवक्ताको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा सम्पत्ति राखेको भनेर सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको विषयमा छानबिन गरी यथार्थता सार्वजनिक गर्न माग गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जालमार्फत हावा चलेर हो वा अरु कुनै कारणले हो पात चाहिँ हल्लिएकै छ भनेका छन् ।

उनले लेखेका छन्–

‘रानी ऐश्वर्यलाई लक्षित गरी पम्फादेवी ठकुरानीको नाममा स्विस बैंकमा अथाह सम्पत्ति छ भन्दै राजपरिवारलाई बदनाम गर्ने नेपालको वामपन्थी कित्ताका प्रमुख घटकहरु पटकपटक सरकारमा जाँदै विभिन्न काण्डमा मुछिँदै र विवादित हुँदै आइरहेका छन् । विदेशी बैंकमा अकुत पैसा राखिएको र विभिन्न विदेशी कम्पनीको साझेदार रहेको आरोप तिनमाथि लाग्ने गरेको छ । राजा, रानी वा राजपरिवारका नाममा कुनै सम्पत्ति विदेशमा थिएन, भएको भए ३५/३६ वर्ष यिनै सरकारमा छन्, यिनले खोजी गरिसक्थे ।

यो आरोप अहिले यिनीहरुमाथि लाग्न थालेको छ र आशंका गर्ने प्रशस्तै ठाऊँ छन् ।

हावा चलेर हो वा अरु कुनै कारणले हो पात चककाहि हल्लिएकै छ !

जवाफदेही सरकार, जवाफदेही दल र जवाफदेही नेताले– हो भने यथार्थ बाहिर ल्याईदिनुपर्छ, होइन भने भ्रम निवारण गरिदिनुपर्छ । तर जनतालाई जवाफ चाहिन्छ ।

प्वाल परेको हवाई चप्पलबाट शुरु भएको जीवन करोडौंको गाडीबाट ओर्लेर आलिशान महलमा सुनको थालमा सुनको चम्चाले खाना खाने हैसियतमा आइपुग्दा दालमे कुछ काला त अवश्य है !




भर्खरै