२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उहाँले सो असरलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको बताउनुभएको हो ।

विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताउनु भयो । जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उहाँले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, ‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु । जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिईआएको छ । र, दिनेनै छ । जलवायु संकट केबल विश्वव्यापी आपतकाल मात्रै होइन, यो एउटा बालबालिका बाल अधिकारको संकट पनि हो । यसले शिक्षा, स्वाथ्य, सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई पनि खतरामा पार्छ ।’

‘नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमहरुको सामना गरिरहेको अवस्थामा पनि बालबालिका र युवाहरु यस संकटबाट बढी प्रभावित भएका छन । युनिसेफले भर्खरै प्रकाशित गरेको जुन पुस्तक छ, त्यो प्रतिवेदनले बालबालिका र युवाहरुले जलवायु सम्बन्धि क्रियाकलापहरुबारे लिएका बाचाहरुलाई समेटेको छ । र प्रतिवेदनमा समेटिएका तपाईहरुका आवाज हाम्रै भविष्यका लागि आशाका दीप हुन् । यस प्रतिवेदनले तपाईहरुको प्रतिवद्धतालाई पनि उजागर गरेको छ । म आफ्नो परिवार र समुदायमा जलवायु परिवर्तनका जनचेतना फैल्याउने, कार्वन फुटप्रिन्ट घटाउने स्रोतहरुको संरक्षण गर्ने र जलवायु अभियानको पैरवी पनि गरिरहेको छु । र गर्ने नै छु ।’

त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनु भयो ।




भर्खरै