२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी



अ+ अ-

काठमाडौं । स्पिन इभेन्ट्सको आयोजनामा हुने चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले मुख्य प्रायोजन गर्ने भएका छन् ।

त्यस्तै दि ह्यानडीक्राफ्ट र इटीटी क्लबले सह–प्रायोजन गर्ने छन् । आयोजकले बुधबार तीन पक्षसंग सम्झौता पनि गरेको छ । आयोजकका अध्यक्ष सुमन शाक्य, खड्गी, ह्यानडीक्राफ्टका निर्देशक नदिम शाक्य र इटीटी क्लबका अध्यक्ष रवि धाक्वाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनवापत उपाध्यक्ष खड्गीले ५ देखि १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए । दोश्रो संस्करणमा भने खड्गी सह–प्रायोजक थिए ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता मंसिर ११ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, ब्वाइज सिंगल्स यु–१६, गल्र्स सिंगल्स यु–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि)मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिस्पर्धा हुनेछ ।

करिब ४ सय ५० खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र पोशाक पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन् ।

प्रतियोगिताको मेन्स/वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शीर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ । मेन्स÷वुमेन्स सिंगल्स इभेन्ट्सका शीर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पांच सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछ । १६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गल्र्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउनेछ ।

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने छ । कीर्तिपुर नगरपालिकाको वडा ६ गत संस्करणमा टिम च्याम्पियन बनेको थियो ।

मेन्स/वुमेन्स सिंगल्स तथा १६ वर्षमुनी ब्वाइज सिंगल्स गल्र्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन पनि प्राप्त गर्नेछन् ।




भर्खरै