२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना



अ+ अ-

काठमाडौं । सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका परिवारले एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् ।

गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थिति वत्सला माविमा रहेको एन्फाको तालिम केन्द्रमा पहिरोमा परी ६ जना किशोर खेलाडीले ज्यान गुमाएका थिए । एन्फाले सो घटनालाई गम्भीरतापूर्वक नलिएको र गैरजिम्मेवारीपूर्वक रुपमा प्रस्तुत भएको भन्दै उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना दिएका हुन् ।

घटनामा हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, सर्लाहीका आदित्य बलमपाकी र साइमन योन्जनको मृत्यु भएको थियो ।

एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै आईरहेका छन् ।




भर्खरै