२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै



अ+ अ-

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् ।

‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ गते कन्सर्ट हुने भएको हो । कर्मा कीर्तिपुरमा स्थापना भएको ब्यान्ड हो । कुटुम्बसँग सहकार्य गरेर उक्त ब्यान्डले कीर्तिपुरवासीलाई सङ्गीतद्वारा मनोरञ्जन प्रदान गर्ने तयारी गरेको कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले बताउनुभयो ।

आदि ग्रुप र एएसक्युको संयुक्त आयोजनामा कीर्तिपुरको ल्याबरोटरी विद्यालयको प्राङ्गणमा कन्सर्ट आयोजना गरिएको छ । कर्मा ब्यान्डको एकल प्रस्तुती सँगै कुटुम्बसित सहकार्य गरेर करिब आधा दर्जन गीत प्रस्तुत गरिने छन् । कार्यक्रममा विभिन्न जाति, समुदाय र विशेष गरी नेवार संस्कृति झल्किने नृत्य एवं झाँकी प्रस्तुत गरिने गायक सिंहले जानकारी दिनुभयो ।

कन्सर्टमा कर्मा ब्यान्डका गीतमा कुटुम्बको मौलिक धुन समावेश हुनेछ । ब्यान्डले ‘कहाँ होला घरबार’, ‘हुक्का मेरो डल्ले डल्ले’, ‘को हौ तिमी’, ‘मौनता’, ‘नयाँ सपना’, ‘यानीमाया’, ‘सुपारीदाना’ लगायत गीत प्रस्तुत गर्नेछ । कन्सर्टबाट प्राप्त रकम कीर्तिपुर नगरपालिकाको सामाजिक सेवा र विकासका काममा लगानी गरिने सिंहले जानकारी दिनुभयो ।