२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय



अ+ अ-

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेका बताउनु भएको छ ।

मन्त्रालयले सन् २०२३ डिसेम्बर–१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्ट धारीको लागि एकपक्षीय भिसा–मुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।

यस नीति अन्तर्गत योग्य व्यक्तिहरूले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन् ।

चीनले आफ्ना दूतावासमा भिसा आवेदन अघि अपोइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट सङ्कलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताउनु भएको छ ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्राहरू रेकर्ड गरेको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसा–मुक्त व्यवस्था मार्फत आएका थिए ।

मन्त्रालयले विशेष गरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सीमापार यात्रालाई सहज बनाउन भिसा–मुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गर्नु भएको छ ।