२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू



अ+ अ-

एजेन्सी । रूसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी–एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाले उत्तरकारियाले रूसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिकहरू पठाएको दावी गरेका छन् भने विज्ञहरूले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।

दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन–सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी–एयरक्राफ्ट मिसाइलहरू कोरियामा पठाइएको पुष्टि गर्नु भएको छ ।

पछिल्लो आठ महिनामा एक दर्जन भन्दा बढी उत्तर कोरियाली तेल ट्याङ्करहरूले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्बिरहरू साभार गर्दै बीबीसीले जनाएको छ ।

बेलायती विदेश सचिव डेभिड लम्मीलाई उद्धृत गर्दै रिपोर्टले तेल हतियार र मिसायलले मस्को पठाएको सेनाको भुक्तानी लिएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा क्रेमलिन प्रमुखको भ्रमणको क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।

यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो ।

विश्लेषकहरूका अनुसार सैनिकहरूको बदलामा रूसले उत्तर कोरियालाई तेल र ग्यास जस्ता अन्य प्राकृतिक स्रोतहरूमा पनि पहुँच दिन सक्छ ।

उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमण गरी आफ्नो देश “विजय दिवससम्म रुसी कमरेडहरूसँग दृढतापूर्वक उभिने बताउनु भएको थियो ।