२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल



अ+ अ-

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’ बारे छलफल भएको छ ।

नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीच बैठक भएको हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आक्रामक रूपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिनुभएको थियो भने नेटोको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको थियो ।

गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रूटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ।

नेटोका सहयोगीहरूले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रूटले भन्नुभयो, “उत्तर कोरिया, इरान, चीन र निश्चित रूपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।”

उहाँले भन्नुभयो, “रूसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उहाँले ट्रम्पसँग छलफल गर्नुभएको छ ।”