२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको टिकटदर सार्वजनिक



अ+ अ-

काठमाडौँ । यही मंसिर १५ गतेदेखि हुन गइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलका लागि आज सोमबार राति ८ बजेदेखि टिकट बिक्री शुरू गरेको हो । एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

क्यानले उद्घाटन खेल, प्लेअफ र फाइनल खेलका लागि छुट्टाछुट्टै दररेट निर्धारण गरेको छ । सामान्यतया टिकटको मूल्य ३०० देखि १००० सम्म छ भने सिजनल पासमा १० प्रतिशत छुट प्रदान गरिएको छ ।

उद्घाटन खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ७०० निर्धारण गरिएको छ भने प्लेअफ र फाइनलबाहेकका अन्य खेलमा साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रूपैयाँ निर्धारण गरिएको छ ।

प्लेअफका खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ ७०० तथा फाइनल खेलमा साधारणतर्फ ५०० र भीआईपीतर्फ १०० निर्धारण गरिएको छ।

सिजनल पासतर्फ साधारणको ४ हजार ४८० र भीआईपीको ८ हजार २४० रूपैयाँ तोकिएको छ ।

टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ ।