२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल आउने हुनु भएको छ ।

दक्षिण एसियाको भ्रमणमा निस्कन लाग्नुभएका लुले डिसेम्बर ३ देखि १० तारिखसम्म भारत, श्रीलंका र नेपालको भ्रमण गर्नुहुने स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लुले नेपालको भ्रमण डिसेम्बरको दोस्रो साता (मंसिरको अन्तिम साता ) गर्नुहुने बिज्ञप्तिमा उल्लेख छ ।

भ्रमणको क्रममा उहाँले नेपालका शीर्ष नेताहरूसँग वातावरण संरक्षण सम्बन्धी उच्चस्तरीय सहकार्य बैठक, महिला सशक्तिकरण ,दिगो विकास लगायतका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ।

उक्त भ्रमणको अवसरमा नेपाली युवा नेताहरूसँग नेपाल अमेरिका सम्बन्धको विविध पक्षबारे छलफल गर्नुहुने उल्लेख गरिएको छ।

नेपालको सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्व ,पर्यटन तथा आर्थिक विकासका लागि सम्पदाको संरक्षण महत्त्वपूर्ण कोस ढुङ्गा हुने मनन गर्दै त्यसमा छलफल गरिने जनाएको छ।

उहाँको भ्रमणले दक्षिण एसियाली क्षेत्रको पारस्परिक सम्बन्ध मजबुत हुने ,समृद्धि र सुरक्षणको लागि महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।