२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रविका समर्थक र प्रहरी बिच मुठभेड, २० भन्दा बढी प्रहरी पनि घाइते



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र प्रहरीबीच आज केही बेर अघि मुठभेड भएको छ ।

जसका कारण चितवन तनावग्रस्त भएको छ । चितवनको जिल्ला प्रहरी कार्यलय अगाडि आज बिहानदेखि नै रास्वपा समर्थकले विरोध प्रदर्शन जारी राखेका थिए । यता रवि लामिछानेको बयान सुरु भएपछि समर्थकहरुले चर्काे विरोध गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा दुवै तर्फबाट मुठभेड सुरु भएको हो ।

प्रहरीले प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको जनाएको छ भने उता रविका समर्थकहरुले भने आफूहरुले संयम अपनाउँदा अपनाउँदै पनि प्रहरीलेृ र्नै लाठीचार्ज गरेको जनाएका छन् । तर ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए ।

प्रदर्शनकारीहरुले हानेको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ ।

त्यसैगरी प्रहरीले भने प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण आएको छैन । मुठभेड जारी नै रहेको त्यहाँको प्रहरीले जनाएको छ ।