७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई चितवनबाट वीरगन्ज लगिँदै



अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीलाई सभापति रवि लामिछानेलाई चितवनबाट वीरगन्ज लगिँदै छ ।

चितवनको साहारा सहकारी ठगीमा संलग्न रहेको आरोपमा बयान लिइएको थियो । दुई दिनसम्म भएको बयान सकिएपछि उनलाई अब पर्सामा भएको अर्को सहकारी ठगीको अनुसन्धानका लागि वीरगन्ज लैजान लागिएको हो ।

र्सा प्रहरीले रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति लिइसकेको छ ।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनलाई अनुसन्धानका लागि विभिन्न जिल्लामा लगिँदै छ । पछिल्लो समय काठमाडौंपछि उनलाई चितवन लगिएको छ । अहिले उनी चितवनमै छन् ।

चितवनमा बयान सकिइसकेकाले अब पोखरा पठाउने वा वीरगन्ज भन्ने टुंगो भने लागिसकेको छैन । पर्सा प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिइसकेकाले अब रविलाई वीरगन्ज पठाइदिन कास्की प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको छ ।

वीरगन्ज महानगर– ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको थियो । उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानवीन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको थियो ।