७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारको टोलिले रवि लामिछानेलाई भेटे



अ+ अ-

काठमाडौँ । मानव अधिकार आयोगको टोलिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई आराम गर्न नदिई बुधवार मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा उनको पार्टीका नेता तथा समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा हिरासतमा रहेका लामिछानेलाई राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक नितु गड्तौलाले भेट गरेकी हुन् । गड्तौलाले सूचना र कानुनहरुको अध्ययन गरी केन्द्रीय कार्यालयमा पठाइने र थप कारबाही केन्द्रीय कार्यालयले गर्ने बताइन् ।

‘हामीले सूचना केन्द्रीय कार्यालयमा पठायौं । थप एक्शन केन्द्रीय कार्यालयले लिन्छ । हामी रवि लामिछानेमा मात्रै केन्द्रीत भएर आएका थियौं । अन्य विषयमा पनि समस्या छ भने आगामी दिनमा पनि कुरा अगाडि बढाउँछौँ ।’

जिल्ला अदालत कास्कीले अन्तिम पटक लामिछानेलाई हिरासतमा राख्न थप गरेको अवधि शुक्रवार साँझबाट सकिने छ ।

रास्वपा नेताहरूले राति ११ बजे चितवनबाट पोखरा हिँडाइएको दाबी गरेका छन् । तर, उनलाई १ बजेतिर चितवनबाट पोखरा पठाइएको प्रहरीले जनाएको छ ।