२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा, अध्यक्षमा शर्माको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बन्नुहुने भएको छ ।

आईतवार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले)निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो । उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिश्तिता आफ्नो टिमले गर्ने दाबी गर्नुभयो ।

उहाँले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरु राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको बताउनु भयो । उहाँले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध पत्रकारहरुको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उहाँको भनाइ छ । उहाँले व्यावसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै सबै संस्थाहरुको साझा उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारितामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेप्रति म विश्वास गर्दिन । म जहिले पनि एउटा लड्ने सिपाही हो । पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने सुनिश्तिता मेरो टिमले गर्छ तपाई विश्वस्त हुनुस् । हामी जुन संगठनबाट आएपनि त्यो एउटा व्यवसायिक पत्रकारहरुको संस्था हो । तर हामी महासंघमा राजनीति गर्न जान लागेका होइनौं ।

श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दाहरु उठाउँछौं । उहाँहरुको पेसागत सुरक्षा गर्नको लागि हामी एक भएर लाग्नेछौं । संस्थाले जुन विश्वास गरेर मलाई पठाउनुभएको छ त्यो विश्वास दिलाएर छोड्नेछु । विश्वासघात गर्न जान्दिन । प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध देशभरीका साथिहरुको सुझावको आधारमा पत्रकार महासंघमो मेरो नेतृत्वमा गएको संस्थाले काम गर्छ ।

प्रेस चौतारी र प्रेस युनियनमा बस्ने साथिहरुको मुद्दा एउटै त हो नि । व्यवसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै हाम्रो उद्देश्य हो नि त । अहिलेको पत्रकरीतामा व्यवसायीकता र जवाफदेहीताको एकदमै खाचो छ । त्यो पुरा गर्नु हामी सबैको जिम्मेवारी हो ।’

आफूहरु जुनसुकै राजनीतिक दल निकटका संस्थाहरुमा आवद्ध भएपनि व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्नुपर्ने उहाँको भनाइ छ । महासंघको महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले भागबण्डा गर्ने सहमति गरेका छन् ।

सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।




भर्खरै