२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार



अ+ अ-

एजेन्सी ।घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आईतवार हार स्वीकार गर्नुभएको छ ।

आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गर्नुभएको हो ।

घानावासीहरूलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपतिको दौडमा विजयी भएकोमा पूर्वराष्ट्रपति जोन द्रामणि महामालाई बधाई दिनुभयो । विपक्षी राष्ट्रिय लोकतान्त्रिक कंग्रेसको नेतृत्व गर्दै आउनुभएका महामाले आईतवार सामाजिक सञ्जालमार्फत आफ्नो जितको घोषणा गर्नुभयो ।

घानावासीहरूले नयाँ राष्ट्रपति र २७६ सांसदहरू चयन गर्न शनिवार मतदान गरेका थिए । घानाको निर्वाचन आयोगले आधिकारिक रूपमा अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।