२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सिराज–हेडलाई जरिवाना हुनसक्ने



अ+ अ-

एजेन्सी । भारतीय फास्ट बलर मोहम्मद सिराज र अष्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेडलाई आईसीसी क्रिकेट आचार संहिता उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

रिपोर्टका अनुसार सिराज र हेडलाई आईसीसीले सजाय दिने तयारी गरेको छ । प्रतिवेदनले मोहम्मद सिराज र ट्राभिस हेडलाई जरिवाना र कडा कारबाही गर्न सक्ने तर उनीहरूलाई प्रतिबन्ध नलाग्ने बताएको छ ।

खेलको दोस्रो दिन सिराज र हेडबीच झगडा भएको थियो

अष्ट्रेलियाले ८२ औं ओभरमा ७ औं विकेट गुमाएको थियो । यहाँ ट्राभिस हेड १४० रन बनाएर आउट भए । उनले सिराजको ओभरको तेस्रो बलमा छक्का प्रहार गरेपछि अर्को बलमा सिराजले उनलाई बोल्ड गरे ।

यसपछि हेडले केही भनेपछि सिराजले पनि केही बोलेर बाहिर जाने संकेत गरे । त्यसपछि हेडले सिराजलाई केही भने । ओभर सकिएपछि सिराजले अष्ट्रेलियाली दर्शकको भीडको सामना गर्नु परेको थियो ।

पत्रकार सम्मेलनमा हेडले झुट बोले – सिराज
तेस्रो दिनको खेल सुरु हुनुअघि सिराजले स्टार स्पोर्ट्स हिन्दीसँग भने, ‘मैले उनलाई (ट्राभिस हेड) बल दिँदा मैले मात्र उत्सव मनाएँ र उनले मलाई गाली गरे, त्यो तपाईंले टिभीमा पनि हेर्नुभयो । मैले सुरुमा मात्र उत्सव मनाएँ, मैले उनलाई केही भनिनँ ।’

मैले सिराजलाई राम्रो बोल्ड भनेको थिएँ – हेड
दोस्रो दिनको खेल सकिएलगत्तै पत्रकार सम्मेलनमा हेडले भने, ‘मैले सिराजलाई राम्रो बोल्ड गरेको भनेको थिएँ तर उनले अनावश्यक आक्रोश देखाए ।’