२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानल विजयी



अ+ अ-

काठमाडौं। नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदमा शर्माले २ हजार १५० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी गंगा थापाले १ हजार ३७० मत मात्रै प्राप्त गर्नु भएको छ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी हुनु भएको छ । सुब्बाले २ हजार ६० मत पाउँदा उहाका निकटतम प्रतिद्वन्दी कल्पना श्ररेष्ठ जोशीले १ हजार ५९७ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उहाका प्रतिस्पर्धी मनिषा कोइरालाले भने १ हजार ५७० मत प्राप्त गर्नु भएको छ ।

यस्तै संघको महासचिवमा डा।देवका कुमारी आचार्य हुनु भएको छ । सचिवमा भने वेली पौडेलले जीत हासिल गर्नु भएको छ ।

यसैगरी संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरी बिजयी हुनु भएको छ ।