२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ



अ+ अ-

काठमाडौँ । रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान रहेको प्रहरीले जनाएको हो । प्रहरीकाअनुसार प्रतिवादी पासमानको घरबाट मृतकले लगाएको निलो रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेँलो रङको ज्याकेट, मोबाइल फोनसमेत बराम गरेको छ ।

मृतक रामपरीदेवी ठाकुर र प्रतिवादी सगम लाल पासमानबीच पहिलादेखि चिनजान रहेको, मृतक र प्रतिवादीबीच पटकपटक फोन समपर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, निज रामपरीदेवी ठाकुर घटनास्थलतर्फ गएको र पछि प्रतिवादी सगमलाल पासमान पनि घटनास्थलतर्फ गएको स्थानीय मानिसहरुले देखेको प्रहरीले जनाएको छ । प्रतिवादी सगमलाल पासमान सुत्ने कोठामा सुटकेशभित्र लुकाई छिपाई राखेको अवस्थामा निजले नै प्रयोग गर्ने गरेको रगत लागेको निलो रङको फुल पाईन्ट थान–१, रगत लागेको हरियो रङको भेष्ट थान–१, रगत लागेको पहेलो रङको ज्याकेट थान–१ समेत बरामद भएको, निजको हातमा र कानमा काटिएको घाउ रहेको समेतका अधारबाट निज सगमलाल पासवानले नै रामपरीदेवी ठाकुरलाई कर्तव्य गरी मारेको पुष्टि हुने देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सो घटनामा अन्य व्यक्तीको संलग्नता रहे÷नरहेको सम्बन्धमा समेत विभिन्न आयामबाट अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

बरामद दसीहरु परीक्षणको लागि पठाइएको, शव परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिका ५ मुडिबा टोलकी अन्दाजी ४० वर्षकी ठाकुर मंसिर १८ गते हराएकी थिइन् । घाँस काट्न भन्दै हिँडेकी उनी नफर्किएपछि परिवारले १९ गते १० बजे प्रहरीलाई खबर गरेको थियो । खोजतलासीका क्रममा प्रहरीले १९ गते दिउँसो १२ः४० बजे धनुषाको शहीदनगर नगरपालिका ७ स्थित शिवनारायण मण्डलको धान खेतमा घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ठाउँबाट २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउकोको भाग फेला परेको प्रहरीले जनाएको छ ।




भर्खरै