२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राख्न चेम्बरको आग्रह



अ+ अ-

काठमाडौँ :
नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवनमा आयोजित एक कार्यक्रममा आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरुलाई सुझाव दिएको छ ।

त्यस अवसरमा उद्योगी व्यवसायीले विभिन्न मुलुकका लागि हालै नियुक्त भएका राजदूतहरुलाई नेपालमा लगानी भित्र्याउन तथा आर्थिक कुटनीतिलाई विशेष रुपमा ध्यान दिन आग्रह गरेका थिए ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक विकासका लागि आर्थिक कुटनीति महत्वपूर्ण भएको बताउँदै “नेपालले भर्खरै अन्तराष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्री रेटिङ प्राप्त गरेकाले पनि विदेशी लगानी नेपालमा भित्र्याउन एउटा सहयोगी औजार हो” भन्नुभयो ।

नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्न सम्वन्धित निकायमा नेपाल चेम्बर अफ कमर्सले निरन्तर पहल गरिरहेको अध्यक्ष अग्रवालले बताउनुभयो ।

नेपालको जलविद्युत, पर्यटन, खानी जस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उहाँको भनाइ थियो ।

राजदूतहरुलाई स्वागत गर्ने क्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना प्रविधि र जलविद्युतका क्षेत्रमा लगानीको सम्भावना व्यापक रहेकोतर्फ अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रचारप्रसार गर्न राजदूतहरुसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न देशका राजदूतहरुले आफूहरुले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्टे«लियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा. जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिल मान श्रेष्ठ, पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत सनिल नेपालका उपस्थिति रहेको थियो ।