२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चले दिएको आदेशप्रति वाईसीएलका अध्यक्षको तितो आक्रोस



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीले आक्रोस व्यक्त गरेका छन् ।

संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णयअनुसार बिहीबार सर्वोच्चले प्रमाणीकरण गरिदिएको हो । योसँगै अब सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न नपाइने भएको छ । सर्वोच्चले दिएको आदेशलाई लिएर अहिले पनि विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका अध्यक्ष शेर्पालीले सामाजिक सञ्जालमार्फत् न्यायाधीशहरुलाई मनपरी फैसला नगर्न सचेत गराएका छन् ।

उनले भनेका छन्–

कहिले जनयुद्ध शब्द नराख्नु भन्छौं कहिले हिंसा शब्दको वर्षक गर्छौ कहिले फरक कारण सहित परेको मुद्दामा नेकपा विभाजन गरि एमाले ब्युताउछौ । सम्मानित अदालतका श्रीमानहरू, तपाइँहरू आफ्ना ठानेकाहरुका लागि अनेक जुक्ती निकाल्नुहुन्छ । जेहोस तपाइँहरुको मर्जी नहो मालिकको नुनको सोझो गर्नुहोस् । तर यति कुरा हेक्का राख्नुहोस् जनयुद्धको जगमा भएको ०६२/०६३ को जनआन्दोलन, ऐतिहासिक १२ बुँदे सम्झौता, अन्तरिम संविधान, संविधान सभाको निर्वाचन, संविधानसभाबाट जनपक्षीय संविधान जारी र जनमुक्ति सेना नेपालको समायोजन जस्ता कामहरु सबै जनयुद्धको वरिपरिबाट भएका थिए । आज तपाइले लिने महिनाको लाखौंको सेवा सुबिधा हामी माथी लाड्ने एकपक्षीय हुकुम पनि त्यहि जनयुद्ध लडेकाहरूले लेखेको प्रगतिशील संविधान जो आज कार्यन्वयनमा छ यसैबाट भएको हो । तसर्थ श्रीमानहरू न्यायाधीश बन्नुस न्यायमुर्तिको काम गर्नुस् । आम नागरिक स्तरबाट कुनै अमुख पार्टीको निर्णय लागू गर्ने मतियार होकि भन्ने आसंका पैदा गरि मनपरी फैसला जारी नगर्नुहोस ।

हामीलाई तपाइले प्रयोग नगर भनेको जनयुद्धमा गर्व थियो त्यसले कोरेका हरेक सुनौलो कदमहरूप्रती गर्व छ अनि बर्तमानमा उभिएर माओवादीले अवलम्बन गरेको समाजवादी कार्यदिशाप्रतिको दृढता उत्तिकै छ । जनयुद्ध, माओवादी र नयाँ नेपालको परिकल्पनाप्रती क्रान्तिकारी लाल सलाम ।

संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द प्रयोग भएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो । ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२(५) प्रतिकूल भएको सर्वोच्चको आदेश छ ।