२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको हिरासतभित्रै फोटो खिच्ने निकोलस पक्राउ



अ+ अ-

काठमाडौं । पोखरा प्रहरीको हिरासतमा रहेका बेला सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् ।

काठमाडौंको थलीबाट भुसाललाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । भुसालमाथि थप अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले पोखरा पठाउँदै छ ।

भुसालले लामिछानेको फोटो आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए । गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका थिए ।

उक्त फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपाको कार्यकर्ताले भाइरल बनाएको भुसालको भनाइ छ । आफू रास्वपाको सदस्य नभएको समेत उनले बताएका थिए ।

पछि लामिछानेलाई भेट्न जाँदा मोबाइल प्रहरीलाई बुझाएको पनि भुसालले बताएका छन् ।

लामिछाने पक्राउ परेदेखि कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया, सूचना अधिकारीसमेत रहेका डिएसपी बसन्त शर्मा लगायतले कार्यालयमा अरू प्रयोजनमा जाने सेवाग्राहीलाई पनि मोबाइल लैजान प्रहरीले रोक लगाएका छन् ।

भुसालले भने प्रहरी गेटभित्र सिसिटीभी देखेको र त्यसमा रवि लामिछाने सुतेको देखिएपछि फोटो खिचेको बताएका छन् ।