२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शनिवार काठमाडौंको शान्तिनगरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध गराउने अस्पतालका निर्देशक डा. कैलाशकुमार भण्डारीले बताउनु भयो ।

उहाँले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताउनु भयो । उहाँले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको जानकारी दिनुभयो । सिद्धेश्वर माध्यामिक विद्यालयमा सञ्चालन भइरहेको शिविर आज बिहान ९ बजेदिख दिउँसो २ बजेसम्म हुने बताउनु भयो ।

शिविरमा उल्लेख्य मात्रामा मानिसहरुको उपस्थिति रहेको बताउनु भयो । नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्न लागएको जानकारी दिनुभयो ।