२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी



अ+ अ-

यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।

पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार डिसेम्बरको पहिलो साता ९१ जनामा नोरोभाइरस प्रकोपको पुष्टि भएको छ । यो हालैका वर्षहरूमा सोही हप्तामा सीडीसीद्वारा रेकर्ड गरिएको सङ्ख्या भन्दा बढी हो ।

यसले कोभिड–१९ महामारी अघिका रेकर्ड गरिएका सङ्ख्यालाई पनि नाघ्छ ।

प्रत्येक वर्ष नोरोभाइरस प्रकोपले देशव्यापी अनुमानित १९ देखि २१ लाख मानिसहरूलाई बिरामी पार्छ । यसले अप्रिय ग्यास्ट्रोइंटेस्टाइनल लक्षणहरू निम्त्याउन सक्छ ।

यस महिना, लस एन्जलसको एक रेस्टुरेन्टमा नोरोभाइरसबाट कम्तिमा ८० जना बिरामी परेका थिए ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन ९एफडिए० ले मानिसहरूलाई ‘ओइस्टर’ नखान सल्लाह दिएको छ । ओइस्टर समुद्री बासस्थानमा बस्ने विभिन्न परिवारहरूको लागि साझा नाम हो ।